४४ राउण्ड गोलीसहित दुई जना पक्राउ

नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटाबाट ४४ राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर छन् । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा ४४ राउण्ड गोली फेला पारेको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।