बक्सिङबाट ललिता महर्जनले जितिन् रजत
नेपालकी बक्सर ललिता महर्जनले १३ औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी छन्।
सातदोबाटोमा भइरहेको फाइनल प्रतिस्पर्धामा उनी भारतीय खेलाडीसँग हारेपछि रजतमा सीमित भएकी हुन्।
सात दोबाटोमा बक्सिङ अन्तर्गत ४८ केजीतर्फको फाइनल खेलमा ललिता भारतकी श्रृनिभासनसँग पराजित भएकी हुन्।