मृतकका परिवारलाई पाँच लाख ७० हजार विमा रकम प्रदान

कावासोती । पूर्वी नवलपरासीको कावासोती–८ निवासी मृतक कृष्णबहादुर धर्ती क्षेत्रीको परिवारलाई सोमबार सिटिजनलाईफ इन्सुरेन्स बिमा कम्पनीले विमित परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरेको छ ।
कृष्ण बहादुरको मृत्यु भएको ४५ दिनको दिन सिटिजन लाईफ इन्सुरेन्स कावासोती उपशाखाका विजनेश डेभलपमेन्ट केडिनेटर दिपक बस्याल र उपशाखा प्रमुख जगतराम ढकालको समेत उपस्थितिमा कावासोती नगरपालिकाकी नगर प्रमुख चन्द्र कुमारी पुन मार्फत बिमित परिवारलाई ५ लाख ७० हजार रुपैया हस्तान्तरण गरिएको हो ।
कृष्णले ५ लाख रुपैयाको बिमा गरेकोमा विमा रकम ५ लाख, क्रिया खर्च ५० हजार र २० हजार बोनस सहित जम्मा ५ लाख ७० हजार रुपैया हस्तान्तरण गरिएको सिटिजन लाईफ इन्सुरेन्स कावासोती उपशाखाका विजनेश डेभलपमेन्ट केडिनेटर दिपक बस्यालले जानकारी दिए ।