भ्रष्टाचार विरूद्ध ज्ञापन पत्र बुझाइयो ।
अन्तरराष्ट्रिय भ्रष्टाचार विरूद्धकाे दिवशकाे अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाले जिल्लाका विभिन्न सरकारी कार्यलयहरूमा सचेतना पत्र बुझाएकाे छ ।
जिल्ला प्रशासन कार्यलय, नापी कार्यलय, मालपाेत कार्यलय लगायतका कार्यलयहरूमा पत्र बुझाईएकाे प्रतिष्ठानका अध्यक्ष धनञ्जय शर्माले बताउनु भएकाे छ । जिल्लाका विभिन्न निकायका कर्मचारी, सरकारी कार्यलयका कर्मचारी, राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरू सबै भ्रष्टाचारमा लिप्त भएका कारण ध्यानाकर्षण स्वरूप साे सचेतना पत्र बुझाएकाे संस्थाका उपाध्यक्ष धर्म के सीले बताउनु भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी विण्णु कुमार कार्कीले पत्र बुझ्दै भ्रष्टाचारको अन्त्य गर्न अाफू लागिरहकाे र लागिरहने बताएका छन् । यसका लागि सम्पूर्ण राजनीतिक दलकाे सहयाेग, स्थानीय तहकाे सहयाेग चाहिएकाे बताएका छन् ।
त्यसैगरी मालपाेत कार्यलय कावासाेतीका कार्यवाहक कार्यलय प्रमुख नारायण गैह्रे, नापी कार्यलयका कार्यवाहक कार्यलय प्रमुख तथा सुचना अधिकारी भाेलाप्रसाद काेहारले पत्र बुझेका थिए ।