शिवमन्दिर महिला सहकारीको अनुगमन

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थलगत अनुगमन गरेको छ ।
संस्थाका अध्यक्ष खगीसरा गुरुङ, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष अनुगमन समितिका संयोजक, सदस्य, लेखा संयोजक राममाया गुरुङ, कोषका अनुगमन अधिकृत चण्डीराज नेपाल, स्वरोजगार कोष नवलपरासीका सदस्य सचिव प्रितम भुजेल सहितको टोलीले अनुगमन गरेको हो ।
शिवमन्दिर महिला सहकारीको स्वरोजगार कोषको प्रथम चरणको थोक कर्जा किस्ता वापतको ५० लाख सम्झौता भए बमोजिम प्रथम र दोस्रो किस्ता वापतको ५० लाख निकासा भए लगतै बेरोजगार युवाहरुमा गरिएको लगानीको स्थलगत अनुगमन गरिएको सदस्य सचिव प्रितम भुजेलले बताए ।
टोलीले हसौंरा, पुरानो कावासोती, थकालीचोक, रिठ्ठेपानी, विष्णुनगर, फलफूलचोक, शान्ति टोल, लक्ष्मीनगर, अग्यौली डण्डा लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरिएको थियो ।




