अज्ञात समूहद्वारा मादी नगरपालिका–५ को वडा कार्यालयमा आगजनी


संखुवासभाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए ।



गएराति १२ बजे अज्ञात समूहले वडा कार्यालयमा आगो लगाउँदा कार्यालयका सम्पूर्ण सामग्री जलेर ध्वस्त भएको मेयर सुब्बाले जानकारी दिए । आगजनीबाट वडा कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रीन्टर, मोबाइल फोन लगायतका सम्पूर्ण सामग्री जलेका छन् ।


वडा कार्यालयको आगजनी नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेकपाले गरेको हुन सक्ने मेयर विदुर सुब्बाले बताए ।




अज्ञात समूलले एक स्काभेटर आगजनी गरेका छन् । मादी ओखरबोटे सडक खण्डको काम गर्दै गरेको स्काभेटरमा समेत आगो लगाएर जलाइ दिएका छन् । अज्ञात समूहले वडा नम्बर–६ मा रहेको स्काभेटर समेत आगजनी गरेको छ ।



सम्बन्धित
Loading...