नवलपुरमा कृषकसँग कृषि मन्त्री




गण्डकी प्रदेशका कृषी मन्त्री लेखबहादुर थापाले प्रदेश सरकार कृषि क्षेत्रको विकासका लागि सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
शुक्रबार कृषकसँग मन्त्री कार्यक्रम अन्तरगत नवलपुर जिल्लाका कृषकहरुसँग भेटघाट तथा अन्तरक्रियाका लागि आएका प्रदेश मन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले शुक्रबार कावासोती १६ डण्डामा रहेको साना किसान कृषि सहकारी संस्था लि. अग्यौलीको अनुगमन गर्दै भने – कृषि क्षेत्रको बिकासका लागि यस सरकार सदैब तत्पर छ ।
उनले उक्त सहकारीबाट सञ्चालित दुध डेरी र कार्यालयको स्थलगत निरीक्षण गरेका थिए ।
त्यसैगरी मन्त्री थापाले शुक्रबार नै हुप्सेकाट र कावासोतीका कृषकहरुको कृषि बालीको अनुगमन समेत गरेका थिए ।



सम्बन्धित
Loading...