हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध




  • डिआर भट्ट –

डडेल्धुरा । पश्चिमी वायुका कारण गएरातिदेखि डडेल्धुरामा निरन्तर रुपमा झरी भइरहेको छ । निरन्तरको झरीसंगै बिहानैदेखि परेको हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध भएको छ ।




भिमदत्त राजमार्ग अन्र्तगत साहुखर्क र हगुल्टेलेकमा आधा फिट जति हिमपात भएकोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजगमार्ग अवरुद्ध भएसंगै यात्रामा रहेका यात्रुहरु भने हिउँ खेल्न रमाई रहेका छन् । ‘हिउँले गर्दा गाडी रोकिएका छन ।

वर्षा भइरहेकाले अहिले पनि ती स्थानहरुमा हिमपात भइरहेको स्थानीयहरुले बताएका छन् । हिउँदे झरीका साथै हिमपातका कारण जिल्लामा अत्याधिक चिसो बढेको र चिसोका कारण जनजीवनका साथै विभिन्न विद्यालयमा संचालन भईरहेका अर्धवार्षिक परिक्षा समेत प्रभावित भएका छन् ।

हिमपातका कारण डडेल्धुराको भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएका थिए दशरथ चन्द राजमार्गको अनार खोलीमा करिब २ घण्टा अवरुद्ध भएको बाटो डोजरले हिउँ सफा गरी सुचारु गराएको र भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेलेकमा भएको हिउँ हटाउनका लागि डोजर पठाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बताएका छन् ।

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, बझाङ र बाजुरा जिल्लामा हिमपात भएको छ ।



सम्बन्धित
Loading...