ए डिभिजन लिग फुटबल शुरुः मछिन्द्रको विजयी सुरुवात

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ ।
अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको हो ।
अखिल नेपाल फुटबल संघले उद्घाटन खेल दशरथ रंगशालामा खेलाउने भने पनि शुक्रबार परेको पानीले मैदान हिलो भएपछि खेल एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो। शनिबार भएको खेलमा मच्छिन्द्रका लागि ३० औँ मिनेटमा योगेश गुरुङ गोल गरेका थिए ।
यस्तै, मच्छिन्द्रका दीपक राईले ५० औँ मिनेटमा गोल गर्दौ टिमलाई २–० को अग्रतामा र्पुयाएका थिए। मच्छिन्द्रले खेल पहिलो हाफबाटै आक्रमक खेलेको थियो ।