जनकपुरका दुई स्थानमा शंकास्पद वस्तु, बम हुन सक्ने प्रहरी आशंका

धनुषामा बम बिस्फोटमा तीन जनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला जनकपुरधामको दुईस्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका– ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको छ ।
स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंको छ ।
अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ । कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ आवत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
यसैगरी जनकपुरधाम उपमहानगरपालिका– ९ देवी चोक देखि थापा चोक जाने बाटोको छेउमा पनि शंकास्पद वस्तु फेला परेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगीसकेको छ ।