चारदिनदेखि जुम्लाको ओडारमा थुनिएका १२ जनाको मौषस खराबीका कारण उद्धारमा ढिलाई




जुम्ला जिल्लाको तिला गाउँपालिकाका १२ जनालाई उद्धार कार्यमा ढिलाई भएको छ । मौसम खराबीका कारण शेरा फूलबारी पाटनको एउटा ओडारमा रहेकाहरुको उद्धारमा विलम्ब भएको हो ।

गत शुक्रबार भएको भारी हिमपातका कारण उनीहरुले सम्पर्क विहिन भएका थिए । हिमपातका कारण हिड्ने ठाउँ नभएर १ जनाको मृत्यु भईसकेको छ । भने १२ जनाको उद्धारको लागि आईतबारदेखि नै प्रयास थालिए पनि मौषस खराबीका कारण ढिलाई भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।




कार्यालयका अनुसार सोमबार बिहानैदेखि हेलिकप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा रहेको हेलिकप्टर अझै उड्न सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेको खबर प्राप्त भएको बताए ।

तिला गाउँपालिका ९ का वडाअध्यक्ष शेरबहादुर बोहोराका अनुसार उनीहरु ओडारमा बसेका छन् । चिसोको कारण केहीको अवस्था नाजुक हुदै गएको छ । सुर्खेतबाट हेलिकप्टर सिधै सदरमुकाम आउनेछ । त्यसपछि आवश्यक टोली सहित प्रभावित क्षेत्रमा पठाउने तयारी भईरहेको तिला गाउँपालिकाले जनाएको छ ।



सम्बन्धित
Loading...