चोरमाराको आत्मनिर्भर कृषी सहकारीको साधारण सभा


  • गंगा विश्वकर्मा –



चोरमारा (नवलपरासी) । आत्मनिर्भर कृषी सहकारी सस्था लि मध्यबिन्दु ७ चोरमाराको दोस्रो साधारण सभा सोमबार भएको छ । कार्यक्रम सहकारी सस्था तथा रेशम फिरिरि नेपालका अध्यक्ष दिपक पंगेनीको अध्यक्षता भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मध्यबिन्दु नगरपालिका बडा न ७ का वडाअध्यक्ष अमृतप्रसाद ज्ञवालीले कृषी क्षेत्रमा आत्मनिर्भर बन्नका लागि र संगै आफ्ना सहकारी सस्थाका सेयर सदस्यहरुलाई व्यवसायिक बनाउन खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।
कार्यक्रममा मध्यबिन्दु नगर सहकारी संजालका सचिव देबलाल काफ्ले, मध्यविन्दु नगरपालिका वडा नं. ५ का बडाअध्यक्ष नुमाकान्त पाठक, ६ का वडाअध्यक्ष सूर्यप्रसाद न्यौपाने लगायतले सहकारीको बारेमा बोलेका थिए ।
कार्यक्रमको आर्थिक बिबरण प्रस्तुत गर्दै सहकारीका कोषाध्यक्ष तारा प्रसाद न्यौपानेले ५४ हजार ४ सय ८२ रुपैया आम्दानी र ३ लाख १९ हजार ६ सय ११ खर्चको पेश गरेका थिए ।



सम्बन्धित
Loading...