सुनवलको लुम्बिनी चिनी मिल बन्द



सुनवल (नवलपरासी) । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिल बन्द गरिएको छ ।
चिनी मिल सञ्चालकले मिलमा आर्थिक र व्यवस्थापनको समस्या देखाउँदै चिनी मिल बन्द गरेको हो ।
चिन सरकारको सहयोगमा २०४६ माघ महिनाबाट लुम्बिनी चिनी मिल सञ्चालनमा आएपछि नवलपरासीको दक्षिणी क्षेत्रमा व्यवसायिक उखु खेती फस्टाएको थियो । चिनीको मूल्य समायोजन नभएको, प्रयाप्त उखु उत्पादन नभएको भन्दै लुम्बिनी चिनी मिल गत बर्ष नै बन्द गर्न खोजिएको थियो ।
चिन सरकारको सहयोगमा नेपाल सरकारले उक्त मिल शुरुमा सञ्चालन गरेको भए पनि ०६२ साल माघ महिनादेखि यस चिनी मिललाई निजीकरण गर्दै मनिष अग्रवाललाई हस्तान्तरण गरेको थियो ।
अग्रवालको गत बर्ष निधन भएपछि यो मिल धरासायी भएको बताइएको छ । कारखानाका प्रबन्धक कुस सुवेदीले मिल मर्मत गर्नु पर्ने पनि भएकोले व्यवस्थापकीय पक्षले अबदेखि उद्योग नचलाउने निर्णय गरेको बताए ।
लुम्बिनी चिनीमिलले उखु किसानलाई गत बर्षको मात्रै सात करोड रुपैयाँ भुक्तान दिन बाँकी छ ।



सम्बन्धित
Loading...