सांसद भट्टराईको सपथग्रहण
उपसभामुख शिवमाया तुम्वाहाम्फेले प्रतिनिधिसभा सांसद विद्या भट्टराईलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।गत १४ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित भट्टराईलाई सभामुख नभएपछि उपसभामुखले सपथ गराएकी हुन् ।
उनी कास्की– बाट निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।
तत्कालीन प्रतिनिधिसभा सदस्य एवं पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा नेकपाले रविन्द्र पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।