भट्टराईलाई दिए काँग्रेस महामन्त्री कोइरालाले श्रद्धाञ्जली




कावासोती । नेपाली काँग्रेसका विद्यार्थी नेता रामचन्द्र भट्टराईको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले बुधबार उनकै निवासमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कावासोती नगरपालिका वडा नम्बर ८ निबासी नेपाली काङ्रेसका विद्यार्थी युवा नेता रामचन्द्र भट्टराईको स्मृतिमा बुधबार आयोजित शोकसभामा बोल्दै कोईरालाले भट्टराईले काँग्रेस पार्टीमा दिएको योगदानको चर्चा गरेका थिए ।
भट्टराई प्रति श्रद्धाञ्जली व्यक्त गर्न गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नवलपुरका सभापति बिष्णुप्रसाद लामिछाने, गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतम, पूर्व सांसद महेन्द्रध्वज जि.सी, पूर्व सांसद शंकर पाण्डे लगायतले भट्टराई निवास पुगेका थिए ।
नेपाली काङ्ग्रेस कावासोती वडा नम्बर ८ ले आयोजना गरेको शोकसभा वडा सभापति बैकुण्ठ प्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागीहरुलाई परिवारको तर्फबाट जगत भट्टराईले धन्यवाद व्यक्त गरेका थिए ।
नेविसंघ जिल्ला नेता भट्टराई कुमारबर्ती बहुमुखी क्याम्पस कावासोतीका पूर्व स्ववियु सभापती समेत हुन् । उनको २०७६ साल मंसिर २३ गते मस्तिष्कघातका कारण निधन भएको थियो ।



सम्बन्धित
Loading...