उदयपुरमा जीप दुर्घटनाः तीन जनाको मृत्यु




उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। उदयपुरगढी गाउँपालिका–३ बिहीबार बिहान भएको भारतीय जीप दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।

भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ। बिहान ७ः३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन् ।

तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए।



सम्बन्धित
Loading...