४ पुसदेखि राजवंशी समाजले स्थापना दिवस मनाउने


४ पुसदेखि ६ गतेसम्म राजवंशी समाज विकास केन्द्रीय समितिले आफ्नो २६औं स्थापना मनाउने भएको छ ।



स्थापनाको २६औं वर्षको अवसर पारेर मोरङको कटहरीमा समाजले दिवस भव्य रूपले मनाउने भएको हो । दिवसको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

स्थापना दिवसको अवसरमा मोरङको कटहरी गाउँपालिक–३ मा नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत निर्मित कार्यालय उद्घाटन साथै परम्परागत रीतिरिवाज, लोक सांस्कृतिक गीत संगीत स्थानीय तथा बंगाल, आसाम विहारका कलाकारहरूको प्रस्तुति रहने राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री भीमराज चौधरी राजवंशीले जानकारी दिए ।




समितिले ४ पुसकाे शुक्रबार बिहान ९ बजेदेखि सरसफाइ तथा रक्तदान कार्यक्रम, पुस ५ गते ११ बजेदेखि भवन उद्वघाटन तथा स्थापना दिवस र पुस ६ गते स्थानीय तथा आसाम, बंगाल, बिहारका कलाकारद्वारा जातीय लोक संस्कृति झल्कने विभिन्न गीत संगीत प्रस्तुत हुनुका साथै जातीय खानपिन, घरायसी सरसमानका प्रदर्शनी स्टलहरू रहने समितिका केन्द्रीय सदस्य कमल राजवंशीले बताए ।

झापा, मोरङ, सुनसरी तथा भारतको आसाम, बंगाल, बिहारलगायतका स्थानबाट जातीय पहिरनमा कार्यक्रममा सहभागी हुने जनाइएको छ । समितिले ‘जाग, उठ, बुझ, कोच राजवंशी सभाय, पहिचान बचाते गर्व करि नेपाल देश वेनाय‘ नारा तय गरेको छ ।



सम्बन्धित
Loading...