धारापानीमा भेटिएको शंकास्पद वस्तु नक्कली बम, यसरी गरिएको डिस्फोज (भिडियो सहित)
https://www.youtube.com/watch?v=0oW-bBZECQY
रजहर (नवलपरासी)। पूर्वी नवलपरासीको दलदलेमाथि धारापानी चोकमा भेटिएको शंकास्पद वस्तु नक्कली बम रहेको पाइएको छ ।
शंकास्पद वस्तु अरुणखोला झ्याल्टुङडाँडाबाट गएको नेपाली सेनाको भगवती प्रसाद गुल्मका बम डिस्फोजल टोलीले शंकास्पद वस्तु डिस्फोज गरेको हो । विहानै शंकास्पद वस्तु भेटिएपछि धारापानीमा त्रास छाएको थियो ।
अरुणखोला हात्तीखोरबाट गएको नेपाली सेनाको वम डिस्फोजल टोलीले शंकास्पद वस्तु डिस्फोज गरेपछि उक्त वस्तु नक्कली वम भएको पुष्टि भएको हो ।
प्लाष्टिकको बेरा भित्र स्याउलाई डोरीले बेरेर राखिएको पाइएको नवलपुर प्रहरीले जनाएको छ ।
धारापानी चोकको चौतारामा रहेको रुखमा बोरा बेरेर बाँधिएर झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।