अपहरणमा परेका तीन बालबालिकाको उद्धार


प्रहरीले अपहरणमा परेका तीन बालबालिकाको उद्धार गरेको छ । ३० मंसिरमा सामाखुसीबाट अपहरणमा परेका उनीहरूको टोखाबाट मंलबार उद्धार गरेको हो ।



तीन लाख रुपैयाँ फिरौती माग्दै अपरहणकारीले फोन गरेपछि उनीहरू अपहरणकारी पक्राउ र बालबालिको उद्धार गरिएको परेको महागरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए ।

बालबालिकालाई कैलाली धनगढीका २४ वर्षीय आशिष सिजापतिसहित तीन जनाको समूहले ‘तिम्री ममीले तिमीहरूलाई होटलमा लगी राख्नू भन्नुभएको छ’ भन्दै अपहरण गरेका थिए ।




सिजापतिले उनीहरूलाई काठमाडौंको टोखा नगरपालिका- ९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएका राखेका थिए ।

डीएसपी बोगटीका अनुसार उनले मंगलबार बालककी आमालाई बच्चाहरूकै नम्बरबाट फोन गरी ३ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । सिजापति भने फरार छन् ।



सम्बन्धित
Loading...