राईजिङ्ग स्टार सहकारी भुमहीको साधारण सभा

पश्चिम नवलपरासीको सुनवल नगरपालिका भुमहीमा रहेको राइजिङ्ग स्टार वचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण भएको छ ।
साधारण सभालाई सम्बोद्धन गर्दै सुनवल नवलपरासीका प्रमुख भिमबहादुर थापा क्षेत्री भरतले नगर क्षेत्र भित्र रहेको सहकारीहरुसँग सहकारी गरेर नगरलाई समृद्धि बनाइने बताए ।
कार्यक्रममा सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल, लुम्बिनी साकोसका अध्यक्ष लेखनाथ खरेर, जनता साकोसका अध्यक्ष डोलराज भण्डारी, कृष्ण प्रसाद बगाले, भविश्वर चापागाँई लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष बलराम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, सचिव हुमनाथ सुवेदी र कोषाध्यक्ष चुरामणी पौडेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीले गत आर्थिक वर्षमा एक करोड ८३ लाख ७३ हजार रुपैयाँ कुल आम्दानी गर्न सफल भएकोमा २८ लाख ४२ हजार रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको छ ।
सहकारीमा हाल २ सय ५७ महिला र २स य ७१ पुरुष सेयस सदस्य गरी कुल ५ सय २८ जना सेयर सदस्य रहेका छन् ।