मुक्तिनाथ विकाश बैंकद्वारा प्रतापपुरमा सरसफाई


  • सहबान अन्सारी  –



प्रतापपुर (नवलपरासी) । मुक्तिनाथ विकास बैंक १४ औं बार्षिक उत्सवको अवसरमा नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं.३ भिट्ठामा सरसफाई गरिएको छ ।
मुक्तिनाथ विकास बैंक शाखा कार्यालय गोपीगञ्जले समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत धार्मिक तथा पर्यटकिय स्थलको रुपमा चिनिने बाउन्नगढी मन्दिर परिसर भित्र सरसफाई कार्यक्रम गरिएको शाखा कार्यालय प्रमुख दिपक अधिकारीले जानकारी दिए ।
कार्यक्रममा प्रतापुर वडा न १ का वडाध्यक्ष ईश्वरीप्रसाद थारु, दुधनाथ चौधरी, समाजसेवी धिरज त्रिपाठी, कुमार आले, उमेश यादव, रामचन्द्र चौधरी, पृथ्वी बहादुर, नरिसं कोहार थारु, ख्यामनन्द न्यौपाने लगायत स्थानिय समाजसेवी, उद्योगी तथा व्यापारीहरुको उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...