सर्लाहीमा स्कारपियो पल्टिँदा एकको मृत्यु, पाँच घाइते


सर्लाहीको नवलपुर–मलगंवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जना भारतीय नागरिककोे मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिएका छन् ।



सदरमुकाम मलगंवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।

दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उनको एक वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय मोहम्मद रफतात घाइते भएका छन् । घाइते पाँचै जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...