गुडिरहेको मोटरसाइकल ३०० मिटर तल खस्यो, चालकको मृत्यु


ओखलढुङगाको सुनकोशी गाउँपालिका–३ स्थित सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।



सोमबार राती साढे १० बजे बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल मानेभञ्ज्याङबाट सुनकोशी गाउँपालिकाको बल्खुतर्फ जानेक्रममा दुर्घटना भएको हो। दुर्घटनामा स्थानीय ४५ बर्षीय शेरबहादुर मगरको मृत्यु भएको छ।

मोटरसाईकल अनियन्त्रित भई बाटोबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।




घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।



सम्बन्धित
Loading...