नवलपुरका विज्ञान विषयका शिक्षकहरुलाई तालिम




कावासोती । जिल्ला शिक्षा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले तालिमले शिक्षकलाई परिपक्क गराउने बताएका छन ।
निजी विद्यालयको संस्था प्यावसन नवलपुरको आयोजनामा विज्ञान शिक्षकहरुको तालिमको उदघाट्न गर्दै पोख्रेलले यस्तो बताएका हुन् ।
तालिम विनाको शिक्षक अन्धो हुने हुँदा संस्थागत विद्यालयले शिक्षकको तालिमको व्यवस्थापन गर्नु पर्ने बताएका थिए ।
बिज्ञान विषय जटिल विषय भएकोले अन्य विषय भन्दा शिक्षक चनाखो हुनु पर्ने विद्यालयका शिक्षकहरुको प्रशिक्षणमा बोल्दै उनले यस्तो भने ।
शिक्षकहरुलाई पाठ्यक्रम निर्माण र प्रश्नपत्र निर्माण सम्बन्धि प्रशिक्षण कावासोतीमा भएको थियो ।
पाठ्यक्रम विकास केन्द्रका प्रशिक्षक चिन्तामणि पन्थीले शिक्षकलाई प्रशिक्षण दिएका थिए ।
पाठ्यक्रम परिवर्तन प्रश्नपत्र निर्माण लगायतका विषयमा शिक्षकलाई प्रशिक्षण दिएको पन्थीले बताए ।
प्याब्सनका जिल्ला अध्यक्ष राम चन्द्र देवकोटाको अध्यक्षतामा भएको तालिमको सहजीकरण त्रिभुवन तिवारीले गरेका थिए । तालिममा सस्थागत विद्यालयका करिब ५० जना विज्ञान विक्षक शिक्षकहरुको सहभागी रहेको थियो ।



सम्बन्धित
Loading...