३३ किलो सुन तस्करी प्रकरणका भण्डारी १० लाख धरौटीमा रिहा
३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी धरौटीमा रिहा भएका छन् ।
सुन तस्करी प्रकरणमा छानबिन सुरू भएपछि फरार भण्डारीलाई सोमबार मोरङ जिल्ला अदालतले धरौटीमा रिहा गरेको हो ।
जिल्ला न्यायाधीश मेदनीप्रसाद पौडेलको इजालसले भण्डारीलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशलगत्तै बैंक ग्यारेन्टी राखेर भण्डारी सोमबार नै रिहा भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए ।
फरार भण्डारी सोमबार अदालतको सम्पर्कमा आएको र उनको सोही दिन बयान तथा थुनछेक बहसपछि धरौटीको छाड्ने आदेश भएको ओझाले जानकारी दिए ।