कपिलवस्तुमा एक शव फेला
- सनिउल्ला धोबी –
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ४ को राजपुरमा एक पुरुषको शब फेला परेको छ । हुलाकी राजमार्ग नजिकै रहेको पोखरी डुबेको अवस्थामा शब फेला परेको हो ।
अन्दाजी करिब ३०,३२ बर्षको जस्तो देखिने गहु गोरो वर्णको खैरो ज्याकेट , निलो चेक सर्ट, कालो पाइन्ट लगएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो ।
आज विहान राजपुरका स्थानीयले शब देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
शव नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
