विप्लवका व्यूरो सदस्य परियारद्वारा पार्टी परित्याग




धनकुटा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका व्यूरो सदस्य संघर्ष भनिने अमर परियारले पार्टी परित्यागको घोषणा गरेका छन् । परियारले बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘२०७५ पौष महिनादेखिनै पार्टीको गतिबिधि र पार्टीको सम्पर्कमा नभएतापनि आजको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु ।’ बिज्ञप्तीमा भनिएको छ ।




धनकुटाको पाख्रीवास नगरपालिका–१ सान्ने घर भएका परियार २०६१ सालदेखि राजनीतिमा सक्रिय थिए । उनी नेकपा माओवादी केन्द्र, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी हुँदै बिप्लव नेतृत्वको नेकपामा पुगेका हुन् ।

यसअघि बिप्लव नेतृत्वको नेकपामा सक्रिय रहेका उनी दोस्रो संबिधान सभा निर्वाचनमा बम बिस्फोट गराएको अभियोगमा पाँचथरको फाल्गुनन्दबाट पक्राउ परेर छुटेका थिए ।



सम्बन्धित
Loading...