नबजागरण बहुमुखी क्याम्पसमा हुने धनधन्यान्चलको तयारी अन्तिम चरणमा
- गंगा बिश्वकर्मा –

चोरमारा । नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने धनधन्यान्चलको तयारी अन्तिम चरणमा पुगेको छ । यहि पौष २७ गतेबाट सुरु हुने धनधन्यान्चलको तयारी अन्तीम चरणमा पुगेको हो । अब ३ दिन मात्र बाकी रहदा आन्तरिक तथा बाह्य तयारी अन्तीम चरणमा पुगेको जनाएको छ । कलेज प्रांगणमा निर्माण गरिएको भबन कुण्ड , यज्ञ प्रबचनस्थल , धन्यपर्बत , पण्डाल चामलयज्ञ लगायत सम्पुर्ण कार्यहरु सम्पन्न हुने तयारीमा रहेको आयोजकले जनाएको छ । चोरमारा बजारदेखी बिभिन्न चोक चौराहामा ध्वाजा पाता केराको थम्बा गेटहरु निर्माणका लागि स्थानिय युवाहरु जुटेको क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष तुल्सीराम तिवारीले बताउनुभएको छ ।
त्यस्तै बिहीबार यज्ञमुल आयोजक समितिले प्रचारप्रसारको समिक्षा समेत गरेको छ । नबलपुर जिल्ला भरि नै प्रचारप्रसारका लागि छरिएर प्रचारप्रसार गरेको समितिले आज समिक्षा गरेको हो । जिल्लाका प्रत्येक नगरपालीका र गाउपालीकाको बडा बडामा पुगेर संयोजक तोकी प्रचारप्रसारलाई तिब्र बनाएकोमा आज समिक्षा गरिएको प्रचारप्रसार संयोजक जिबन पाठकले बताउनुभएको छ ।
पौष २७ गते बिहान १० बजेबाट सुरु हुने कलश यात्राको रुट समेत तय गरिएको छ । १ हजार ५५ कलशयात्राकी संयोजक तथा मध्यबिन्दु नगरपालीकाका उपप्रमुख ओमकुमारी महत्तोका अनुसार बिहान १० बजे सम्पुर्ण जम्मा भइ ठिक ११ बजेबाट यात्रा अगाडी बढ्ने छ त्यस्तै बाजागाजाका साथ अगाडी बढ्ने यात्रा चोरमारा बजार हुदै चौरगी पुगी पुन कलेजमा आइपुग्ने बताउनुभयो । सो अबसरमा करिब ५ हजार भन्दा बढि बिभिन्न समुदायका व्यक्तीत्वहरुको सहभागिता रहने आयोजकले बिश्वास लिएको छ ।
त्यस्तै बिहिबार नै स्थानिय सुरक्षा संयन्त्रसंग मुलसमितिले बैठक नै आबहान गरि छलफल गरेको छ । यज्ञका आर्थीक संयोजक प्रकाश पंगेनिका अनुसार यज्ञअबधिभर सुरक्षाका लागि स्थानिय ट्राफीक प्रहरी कार्यालय , शशस्त्र र जनपथ प्रहरीसंग बैठक बसी प्रबन्ध मिलाउनका लागी आग्रह गरिएको जानकारी दिनुभएको हो । त्यस्तै उहाले यज्ञ संचालन हुनुपुर्ब नै दानगर्ने दाताहरु उल्लेख्य बढ्दै गएको बताउनुभएको छ ।
मध्यबिन्दु नगरापलीकाबाट रु १ करोड २० लाख सहयोग गर्ने जानकारीमा आएको बताउदै आर्थीक संयोजक पंगेनिले सामाजिक संजालबाट पनि दानगर्ने दाताहरुको प्रतिबद्धता दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको हो ।
त्यस्तै उहाले बैदेशीक रोजगारमा गएका र स्वदेशमा नै शहरि क्षेत्रमा बसोबास गरेका पुर्ब बिद्यार्थीहरुले पनि सहयोगको प्रतिबद्धा गरेकोले यज्ञमा लक्ष्य अनुसारको सहयोग प्राप्त हुनेमा बिश्वस्त रहेको बताउनुभयो ।