ग्रील तथा स्टील व्यवसायीको साधारण सभा
- पार्वती पाण्डे –

कावासोती । ग्रील तथा स्टील व्यवसायी नवलपुरको छैठौं साधारण सभा शुक्रबार कावासोतीमा भएको छ ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नवलपुर उद्योग वाणिज्य संघका कृष्ण अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष नुमकान्त भुसालको अध्यक्षतामा भएको कार्यक्रम भएको हो ।
वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष पुनम बोहोराले स्वागत मन्तव्य राखेका थिए ।
नवलपुरमा २ सय ५० बढी ग्रील तथा स्टील व्यवसायीहरु रहेकोमा ग्रील तथा स्टील व्यवसायी नवलपुरमा १ सय ६४ जना आवद्ध रहेका छन् ।