देवचुली वडा नम्बर ४ का ६० बृद्धाबृद्धा सम्मानीत



देवचुली नगरपालिका वडा नम्बर ४ ले स्थानिय ६० जना बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ४ का वडा अध्यक्ष गिरबहादुर थापा रामको अध्यक्षतामा बृद्धाबृद्धाहरुलाई सम्मान गरिएको थियो । नगरपालिका अन्तरगत वडाले बृद्धबृद्धाका लागि विनियोजन गरेको एक लाख रुपैयाले बृद्धाबृद्धाहरुलाई दोसल्ला, छडि र घरमा बसेर आयआर्जन गर्न सकुन भन्ने उद्देश्यले बत्ति कात्ने धागो प्रदान गरेको थियो । बृद्धाबृद्धाहरुलाई नेपाल सरकारले समेत प्रोत्साहन गरेको हुदा वडाको तर्फबाट पनि बृद्धाबृद्धाहरुलाई सम्मान स्वरुप ति सामाग्रि प्रदान गरीएको वडा नम्बर १,५का वडा सचिव विश्वबन्दु न्यौपानेले जानकारी दिए । सम्मान लिदै बृद्धाबृद्धहरुले वडाले आफुहरुलाई गरेको सम्मानले थप हैसला प्रदान गरेको र वडाले पनि बृद्धाबृद्धाहरुको लागि केहि गरेको भनि आभास भएको बृद्धाबृद्धहरुले बताए । आयोजित सम्मान कार्यक्रममा वडाका तत्कालीन वडा अध्यक्ष, नेपाली काग्रेस वडा नम्बर ४ का सभापति राजकुमार अधिकारी, नेकपाका बलराम पौडेल , समाज सेवी विद्धबहादुर विक लगाएतको सहभागिता रहेको थियो । वडाले आगामि दिनमा बृद्धबृद्धका लागि थप कार्यक्रमहरु आयोजना गर्ने वडाका वडा अध्यक्ष गिरबहादुर थापा राम ले जानकारी दिए ।



सम्बन्धित
Loading...