कर्मचारी मिलन केन्द्र नवलपुरमा भण्डारी

कावासोती । कर्मचारी मिलन केन्द्रको शनिबार भएको अधिवेशनले कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका प्रमुख कोष निरीक्षक मोहनशरण भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा पूर्णेश्वर सुवेदी, सचिवमा कृष्णचन्द्र पोख्रेल, सहसचिवमा लिलाधर शर्मा, कोषाध्यक्षमा दुर्गादत्त शर्मा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भानुभक्त लम्साल, आनन्द भुसाल, अमृत अधिकारी, गणेश न्यौपाने, देवीराम अर्याल, मधुसुधन यादव, सविन अधिकारी, पवन रुपाखेती, मिरा चौधरी र लेखनाथ पौडेल चयन भएका छन् ।
नवलपुरका एक सय बढी कर्मचारीहरुको सहभागिता रहेको अधिवेशन मोहनशरण भण्डारीको अध्यक्षता र जिल्ला न्यायधिस अर्जुन अधिकारीको प्रमुख अतिथ्यतामा भएको थियो ।
कार्यक्रम सञ्चालन नवलपुरका शिक्षा इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलेको सञ्चालनमा भएको थियो ।