शिक्षक मृत फेला
बाजुरामा एक शिक्षक मृत फेला परेका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको काडा भवानी माविमा अध्यापन गराउँदै आएका सिराहा औरही गाउँपालिका–३ का ५५ का रामदयाल यादव सोमबार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् ।
सोमबार बिहान छाती दुःखेको भन्दै विद्यालय गएका थिएनन् । सोमबार राति नै उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत फेला परेका यादवको सुत्ने कोठामा औषधिहरू समेत फेला पारेको प्रहरीले बताएको छ ।