.दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति


अदालतले बी एण्ड सी मेडिकलका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको हो ।



२० करोड घूस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानिको मुद्दा हालेका थिए । सोही त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

अदालतको आदेशलगत्तै उनलाई पक्राउ गर्न भक्तपुरस्थित उनको निवासमा पुगे पनि नभेटेपछि प्रहरी फर्किएको थियो ।

 



सम्बन्धित
Loading...