बर्दघाट खानेपानीको अन्तरक्रिया




बर्दघाट (नवलपरासी) । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट ४ पश्चिम नवलपरासीको आयोजनामा सस्थाको कार्यप्रगति बारे अन्र्तकृया कार्यक्रम शुक्रबार सस्थाको सभाहलमा भएको छ । सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको अध्यक्षता भएको कायृक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, वडा नम्बर ४ का वडाध्यक्ष एवं बर्दघाट नगर प्रवक्ता रविन्द्र विक्रम हमाल लगायतको आतिथ्यतामा भएको थियो ।
अन्तरक्रियामा अध्यक्ष रानाले सस्थाले गत आर्थिक बर्षमा भए गरेका कार्य प्रगति, चुनौती र समस्याका बारेमा जानकारी गराउदै भावी योजना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायत सस्थाका सल्लाहकार, कार्य समिति तथा सुरक्षा समितिका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले शुद्ध खानेपानी व्यवस्थापन गर्न र पूर्ण सरसफाईलाई कार्यान्वयन गर्न सरोकारवालासंग समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
माघ २८ गते हुने सस्थाको अधिबेशनलाई लक्षित गरि सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो ।
दुई वटा मुहान र तीन वटा डिप बोरिंङबाट पानी संकलन गरी पानीको शुद्धिकरण पछि पानी वितरण गरिएको र बर्दघाट ४ मा अवस्थित बर्दघाट खानेपानी संस्थाले वडाभित्रका करिब ३ हजार ५ सय ५० घरधुरीमध्य ३ हजार ५ सय १६ घरधुरीलाई २४ सै घण्टा पानी वितरण गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
संस्थाको लक्ष्य अनुसार वडाको सम्पुर्ण घरधुरीमा स्वच्छ पानी पु¥याउने योजना रहेकोमा यस वडाका ९९ प्रतिशत घरधुरीमा पिउने पानी पुगेको र आगामी बर्ष सबै घरधुरीमा शतप्रतिशत स्वच्छ पिउनेपानी पु¥याउने लक्ष्य राखिएको संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिए ।



सम्बन्धित
Loading...