कावासाेतीकाे कुमारवर्ती ग्रिल उद्याेगमा आगलागी


फाइल फोटो


कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेतीमा एउटा ग्रील उद्याेगमा आगलागी भएकाे छ ।

कावासाेती ८ निवासी भगवती गुरूङकाे घरमा रहेकाे कावासाेती १० निवासी मानबहादुर गुराैले सञ्चालन गरेकाे कुमारवर्ती ग्रिल उद्याेगमा गएराति आगलागी भएकाे हाे ।




राति विजुली सर्ट भई मिटरबक्स समेत जलेर आगलागी भएकाे नवलपुर प्रहरीले जनाएकाे छ ।

आगलागीबाट १ लाख बराबरकाे क्षति भएकाे छ। आगाे प्रहरी र स्थानीयले नियन्त्रणमा लिएकाे थियाे।



सम्बन्धित
Loading...