जन्मदिनको अवसरमा अस्पताललाई सहयाेग
- मनिष अधिकारी –

परासी । नेपाली काङ्ग्रेस नवलपरासी पश्चिमका प्रवक्ता कुलदिप प्रसाद आचार्यले आफैे संस्थापक अध्यक्ष रहेको चिसापानी अस्पतालमा ३ वटा ताैल जाच्ने अत्याधुनिक मेसिन बराबरकाे रकम सहयाेग गरेका छन् ।
आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार बर्दघाट २ चिसापानीमा अवस्थीत चिसापानी अस्पतालमा सहयाेग गरेका हुन् ।
आचार्य अस्पताल विकास समितिकाे संस्थापक अध्यक्ष समेत हुन्।
आचार्य जल, जमिन ,जगंल र जनशक्तिकाे सही पहिचान र उचित परिचालनबाट अार्थिक समृद्धि हुँदै समाज रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता समेत राख्छन ।