प्रदेश २ मा आज सार्वजनिक बिदा




मधेश आन्दोलनका शहिदहरूको सम्झनामा आज   सार्वजनिक बिदा दिइएको छ । शहिद दिवस मनाउन प्रदेश सरकारले प्रदेशभरि नै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले वीरगन्जमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्री, मधेश आन्दोलनका सहयात्री दलका नेताहरू, शहिद परिवार, नागरिक समाजलगायतको सहभागीता रहने जनाइएको छ । शहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएएका छन् । तर प्रदेश सरकारको गठनपछि सरकारले पनि उक्त दिवस मनाउन थालेको हो ।



सम्बन्धित
Loading...