सूचना प्रविधि विधयक फिर्ता लिन काँग्रेसको माग
- रामकुमार श्रेष्ठ

कावासोती । नेपाली काँग्रेस नवलपरासीले सूचना प्रविधि विधयक खारेज गर्न माग गरेको छ ।
आइतबार नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछाने सहितको टोलीले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सूचना प्रविधि विधयक खारेज गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मानव अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई हत्या गरी बहुमतको आधारमा आधारमा पारित गरिएको विधयक तुरुन्त फिर्ता गरी संशोधन गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमासरकारले नागरिकको फोन समेत ट्यापिङ्ग गरी दैनिक जीवन यापनलाई त्राहिमाम बनाउने, निरंकुश व्यवस्थामा समेत व्यङ्ग्य मार्फत नागरिकहरुले आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न पाउने सत्यतथ्यलाई विर्सेर सरकारले सामाजिक संजालमा कसैलार्ई व्यङ्ग्य गरे पाँच बर्ष जेल र १५ लाख जरिवाना तिर्नु पर्ने प्रावधानले संविधान प्रदत्त नागरिकको अधिकार र व्यङ्ग्य गर्न पाउने नागरिक स्वतन्त्रता कुण्ठित गरिन खोजिएको बताइएको छ ।
सूचना विधयक फिर्ता गरी सरोकारवालाको सहभागिता र छलफलमा संशोधन नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
