१४ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ




सुनवल । १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेकाे आराेपमा पश्चिम नवलपरासीेेबाट प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले सुनवल २ निवासी २२ बर्षीय युवक राेहित यादवलाई पक्राउ गरेकाे हाे ।
उनले शुक्रबार साँझ बाटाेमा हिडिरहेकी १४ बर्षीया बालिकालाई समातेर मुख थुनि बाेल्न हारगुहार माग्न नदिई खेतमा लगेर बलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार उनलाई जवरजस्ती करणीमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान थालिएकाे छ ।



सम्बन्धित
Loading...