अनेरास्ववियूको पूर्वी नवलपरासीमा पराजुली, पश्चिममा शर्मा संयोजक




नवलपरासी । नेकपाको पार्टी एकताको क्रममा उसको विद्यार्थी संगठनको जिल्ला गत रुपमा एकता टुंगिएको छ ।
अनेरास्ववियुको नवलपुर संयोजकमा ठाकुर पराजुली र सहसंयोजकमा दिनेश केसी चयन भएका छन् ।
एकता पछि बसेको पहिलो पूर्ण बैठकको कार्यादेश अनुसार अनेरास्ववियूले ७७ वटै जिल्लाको संयोजक र सहसंयोजक छुट्टाएको हो ।
नवलपुर संयोजक रहेका ठाकुर पराजुली पूर्व अनेरास्ववियु नवलपुर संयोजक थिए भने सहसंयोजक भएका दिनेश केसी पूर्व अखिल (क्रान्तिकारी) का कार्यालय सदस्य थिए ।
त्यसैगरी नवलपरासी पश्चिममा संयोजक सुशान्त शर्मा र सहसंयोजकमा विशाल गिरी छनौट भएका छन् । सुसान्त शर्मा पूर्व अनेरास्ववियुको संयोजक र विशाल गिरी पूर्व अखिल क्रान्तिकारीका संयोजक रहेका थिए ।



सम्बन्धित
Loading...