त्रिवेणीमा माघे औंसीलाई लक्षित गरेर मदिरा प्रतिबन्ध

कावासोती । पूर्वी नवलपरासीको त्रिवेणीमा लाग्ने माघे औसी मेलालाई लक्षित गरी त्रिवेणी धाम क्षेत्रमा मेला अवधिभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गर्दै यस्तो माघ ६ गतेदेखि माघ १२ गतेसम्म मादक पदार्थ विक्री वितरण र सेवनमा रोक लगाएको हो ।