गैँडाकोट महोत्सवको तयारी तीव्र


गैँडाकोटमा हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ । माघ १५ गतेदेखि हुने महोत्सवको काम ६५ प्रतिशत काम सकिएको गैँडाकोट महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले बताएका छन् ।




अहिले महोत्सव परिसरमा प्रमुख आकर्षणका रुपमा रहेको प्रवेशद्धार लन्डन ब्रिज, स्टल तथा सेल्फी जोन निर्माणको काम धमाधम भईरहेको छ । ‘आफ्नै गौरव, आफ्नै उत्सव समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव–२०७६’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो गैँडाकोट महोत्सव माघ २६ गतेसम्म चल्नेछ । महोत्सवलाई भव्यरुपमा र सभ्य रुपमा सफल बनाउनका लागि विभिन्न समिति र उपसमितिहरु निर्माण गरेर काम अघि बढाईएको संयोजक भट्टचनले बताए ।

महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिइएको र ३० स्थानीय स्टललाई निःशुल्क व्यवस्था गरिएको सचिवालयका संयोजक छवि कँडेलले बताए । महोत्सवमा ३ सय ५० बढी स्टल रहनेछन् । महोत्सवमा प्रमुख आकर्षणका रुपमा लन्डन ब्रिज, सेल्फी जोन तथा सबै उमेरका व्यक्तिलाई मध्यनजर गरी विभिन्न खेलहरुको व्यवस्था गरिएको उनको भनाई छ ।




महोत्सवलाई सफल बनाउन प्रचारप्रसारको काम तीव्र गतिमा अगाडि बढाईएको प्रचार प्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताए । महोत्सव गैँडाकोट नगरपालिको शान र प्रतिष्ठान रहेकाले यसलाई सफल बनाउन सबै लागि परेको उनले बताए । महोत्सव नारायणी नदी किनारमा हुने भएकै कारण दर्शकहरुको आकर्षण बन्ने गरेको छ । गैँडाकोट उद्योग वाणिज्य संघले हरेक दुई–दुई वर्षमा महोत्सव गर्ने गरेको छ ।




सम्बन्धित
Loading...