मध्यवर्ती बहुमुखी क्याम्पसमा होटल व्यवस्थापन सञ्चालन गर्न महायज्ञ गरिने




कावासोती । नवलपुरको कावासोती १७ मा रहेको मध्यवर्ती बहुमुखी क्याम्पसले धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ।
बुधबार पत्रकार सम्मेलन गरि महायज्ञको बारेमा जानकारी गराइएको थियो । माघ ११ गतेदेखि १९ गतेसम्म सरस्वती मावि गोछडामा हुने महायज्ञमा साढे चार करोड संकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
महायज्ञका लागि तयारी तिव्र पारिएको छ । पत्रकार सम्मेलनमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रचारप्रसार समितिका संयोजक डासुराम बस्यालले यस क्षेत्रका विद्यार्थीहरु अध्ययनका लागि टाढा जानु पर्ने अवस्था रहेकोले क्याम्पसमा होटेल व्यवस्थापन थप गर्न महायज्ञ सञ्चालन गर्न थालिएको बताए ।
पत्रकार सम्मेलनका क्याम्पस प्रमुख हेमराज महतो, आर्थिक समितिका संयोजक रामकृष्ण ढुंगाना, धान्याञ्चल महायज्ञका संयोजक पुष्पराज महतो, सहसंयोजक नन्द किशोर आचार्य, सरस्वती माविका अध्यक्ष युद्धप्रसाद गौडेल, प्रचार समितिका सहसंयोजक भूपति भट्टराई लगायतले बोलेका थिए ।
कार्यक्रमका दिइएको जानकारी अनुसार संघीय सांसद तिलक महतले २० लाख, प्रदेश सांसद विष्णु लामिछानेले ४ लाख, अमलटारी मध्यवर्ती उपभोक्ता समितिले १० लाख, गुद्रेही ढकाहा सामुदायिक वनले ८ लाख ८० हजार, भूपति भट्टराईले १ लाख १ हजार सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
महायज्ञमा पण्डित नेत्रप्रसाद पराजुलीले कथा वाचन गर्ने जनाइएको छ ।



सम्बन्धित
Loading...