सहमति गैडाकोटद्वारा खेलकुद विकास समितिलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण


कावासोती । सहमति गैडाकोटले आज जिल्ला खेलकुद विकास समिति नवलपुरलाई कार्यालय व्यवस्थापनका लागि एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।



सहमति गैडाकोटका अध्यक्ष करूणासागर सुवेदी र महासचिव नगेन्द्रप्रसाद रिजालले जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी र कार्यालय प्रमुख विष्णु श्रेष्ठलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।



सम्बन्धित
Loading...