कावासाेतीका दुई विद्यालयमा चाेरी



कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकामा रहेका दुई वटा विद्यालयमा चाेरी भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती १० काे जनता मावि मगरकाेट र कावासाेती ८ काे जनकल्याण माविमा गरि दुई वटा विद्यालयकाे दुई थान स्मार्ट टिभी चाेरी भएकाे हाे ।
कावासाेती ८ न्यूरे चाेकमा बेद लामिछानेकाे घरबाट ४० हजार बराबरकाे धनमाल चाेरी भएकाे छ ।
२० हजार बराबरकाे सुनकाे जन्तर र २० हजार नगद चाेरी भएकाे हाे । घर काेही नभएकाे बेला चाेरी भएकाे हाे ।



सम्बन्धित
Loading...