लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा पृथ्वीनगरका २५ वर्षीय संजोक लिम्बु र काभ्रेपलाञ्चोक नमोवुद्धका २४ वर्षीय श्याम तामाङ रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरले बिहिबार साँझ ललितपुरको इमाडोलबाट साँझ पक्राउ गरेको हो । लिम्बुको साथबाट प्रहरीले डाईजेपाम ७४ एम्पुल, नुर्फिन ५८ एम्पुल र फेनारगन ७४ एम्पुल बरामद गरेको छ ।
त्यसैगरी, श्याम तामाङको साथबाट प्रहरीले लागूऔषध डाईजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल बरामद गरेको छ ।
दुवैजनालाई लागूऔषध मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।