एमसीसीको विरोधमा शीर्ष नेताको पुत्ला दहन




डडेल्धुराका युवाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । एमसीसीको विरोधमा बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त सालिक नजिक पुत्ला दहन गरेका हुन् ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको प्रदर्शनमा सहभागी युवा पदम भण्डारीले बताए ।




नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले जिल्ला सदरमुकाममा मोटर साइकल ¥यालीसमेत निकालेका थिए । एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीनविरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको अर्का युवा श्याम ओलीले बताए ।

साथै उनिहरुले मिडिया काउन्सिल विधेयक फिर्ताको मागसमेत गरेका छन् । सरकारले माग पूरा नगरे थप आन्दोलन चर्कोउने चेतावनी पनि दिएका छन् ।



सम्बन्धित
Loading...