कांग्रेसको विवाद मिल्यो, महाधिवेशन ०७७ फागुन ७ मा




साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद समाधान भएको छ । र, १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच शुक्रबार बूढानीलकण्ठमा झण्डै ७ घन्टा लामो वार्ता भएको थियो ।




वार्तामा महाधिवेशन कार्यतालिकासहित विवादित विषयहरमा सहमति जुटाएको उपसभापति विमलेन्द्र निधिले बताए । उनले भने, ‘सहमतिअनुसार पर्सि १ बजे बैठक बोलाइएको छ र यो बैठकमा सबै साथीहरुले भाग लिनु हुनेछ ।’

यसअघि २६ मंसिरमा बोलाइएको बैठक पौडेल र सिटौला समूहले बहिस्कार गरेको थियो । केही दिन बैठक स्थगित गरेर वार्ता गरेको संस्थापन पक्षले पुस १० मा बहुमतबाटै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने, महाधिवेशनको कार्यकातालिका बनाउनेसहितका निर्णयहरु गरेको थियो ।

यसबाट थप चिढिएको पौडेल र सिटौला समूहले बहुमतको निर्णय कुनै हालतमा नमान्ने बताएको थियो । तर कृष्ण सिटौलाको पहलमा भएको वार्तामा सहमति जुटेको छ ।

उपसभापति निधिका अनुसार अब १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति २०७७ फागुन ७–१० मै हुनेछ । तर त्यसको कार्यतालिका र कार्यविधि भने संशोधन हुनेछ । शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन गर्ने सहमति पनि भएको छ ।



सम्बन्धित
Loading...