शिक्षा नीति ठिक नहुँदा मुलक पछाडिः प्रदेश मन्त्री
नवलपुर । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले शिक्षा नीति ठिक नहुँदा मुलुक पछाडि परेको वताएका छन् ।
मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा धनधान्याञ्चलको उद्घाटन गर्दै मन्त्री वस्नेतले प्राविधक शिक्षा नभई ज्ञान मात्र दिने शिक्षा भएकाले नेपाल पछाडि परेको वताएका हुन् ।
उनले विकसित देशमा प्राविधिक शिक्षालाई प्राथमिकता दिएकाले ति देशले विकास गरेको हँुदा नेपालमा पनि अव प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्यता रहेको औल्याए । गण्डकी प्रदेश सरकारले प्रदेश समृद्धिका लािग ७ वटा पूर्वाधारका क्षेत्रहरु तय गरेको हुँदा ति पूर्वाधारका क्षेत्र पुरा गर्नका लागि पहिलो प्राथमिकता नै प्राविधिक शिक्षा रहेको बताए।
देशमा दक्ष जनशक्ति नहुँदा अहिले शिक्षित वेरोजगारको संख्या वढेको मन्त्री बस्नेतको भनाई थियो ।
त्यसैगरी पर्यटकीय दृष्टिले समेत समृद्ध रहेको गण्डकी प्रदेशमा पर्यटकीय पुर्वाधार विकासका लागि लगानी गर्न समेत आग्रह गरे ।
मध्यवर्ति वहुमुखी क्यापस गोछडामा स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालनार्थ आयोजित धनधान्याञ्चल आगामि १९ गते सम्म सञ्चालन हुने छ ।
मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा शनिवारदेखि धनधान्याञ्चल ज्ञान महायज्ञको पहिलो दिन नै एक करोड २० लाख बढी रकम संकलन भएको छ । महायज्ञमा पण्डित नेत्र प्रसाद पराजुलीको कथा वाचन गरेका छन् ।
उद्घाटन कार्यक्रम धनधान्याञ्चल मुल आयोजक समितिका संयोजक पुष्परत्न महत्तोको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद विष्णु लामिछाने, रोशनबहादुुर गाहा, संविधान सभा सदस्य कृष्ण पौडेल, नेकपा का केन्द्रिय सदस्य किशन शर्मा गौह्रे, कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी सहित विभिन्न राजनैतिक दल, सघसस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
