कैलालीमावडाअध्यक्ष सहित १६ जना जुवाको खालबाट पक्राउ




कैलाली । कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाही सहित १६ जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ ।
स्थानीयको घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन ।
कैलालीका डीएसपी दक्षकुमार बस्नेतले समातिएका बारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी भएको बताए ।



सम्बन्धित
Loading...